arrow

न्यूरोडका व्यापारीहरु सटर बन्द गरेर सडकमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
newroad-strike-seller-(13).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा गरेको पार्किङ निषेधको विरोधमा न्यूरोडका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु पसल बन्द गरेर आन्दोलित भएका हुन् ।

पार्किङ बन्द गरेर व्यापार नहुने भन्दै उनीहरुले पार्किङ खोल्न माग गरेका हुन् । उनीहरु सटर बन्द गरेर सडकमा आई आन्दोलन गरेका हुन् । 

महानगरपालिकाले आजदेखि न्यूरोडमा पार्किङ निषेध गरेको हो । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
 
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सय वटा चार पाङ्ग्रे र सात सय ओटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।
 
पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने बताए । उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । 

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 

newroad-strike-seller (1).jpg
newroad-strike-seller (2).jpg
newroad-strike-seller (3).jpg
newroad-strike-seller (4).jpg
newroad-strike-seller (5).jpg
newroad-strike-seller (6).jpg
newroad-strike-seller (7).jpg
newroad-strike-seller (8).jpg
newroad-strike-seller (9).jpg
newroad-strike-seller (10).jpg
newroad-strike-seller (11).jpg
newroad-strike-seller (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ