- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरू यूएन पार्कमा भेला भई विरोध र्याली निकाली राष्ट्रिय सभा गृह अगाडि आएका हुन् ।
काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुले विरोध गरेका हुन् । अनअधिकृत रुपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरु आक्रोशमा आएका हुन् ।
उनीहरुले केही दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन् ।