arrow

सरकार फोहर संकटकाल अवस्था सिर्जना हुँदा मौन - भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
bhim-rawal-2079-02-25.jpg

काठमाडौं । एमाले सांसद डा. भीमबहादुर रावलले काठमाडौंमा फोहर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । 

काठमाडौंमा थुप्रिएका फोहरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । 

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ । 



नयाँ