arrow

रुस लागे खेलकुद मन्त्री

“रसिया-नेपाल खेलकुद सहयोग कार्य योजना २०२२-२०२३” मा हस्ताक्षर हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
gahatraj-russia.jpg

काठमाडौं ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्  । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा “रसिया-नेपाल खेलकुद सहयोग कार्य योजना २०२२-२०२३” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ । 

साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कूटनैतिक भेटघाट तथा छलफल हुनेछ ।

भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्बन गरेको नीति तथा खेलकुद विश्वविद्यालय सञ्चालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिइएको छ ।

नेपाल–रुस सम्बन्ध बिग्रेका बेलामा खेलकुद मन्त्रीको जम्बो टोली रुस



नयाँ