arrow

शीतयुद्धपछि पहिलो पटक विश्वमा आणविक हतियारको भण्डार बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
nuclear-warhead.jpg

काठमाडौं । वैश्विक तनावका कारण शीतयुद्धपछि पहिलो पटक आगामी वर्षहरूमा विश्वभर आणविक हतियारको भण्डारण बढ्ने अपेक्षा गरिएको एक प्रमुख हतियार निगरानी संस्थाले जनाएको छ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च (एसआईपीआरआई)ले सोमबार प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा आणविक हतियार भएका ९ वटा देशहरूले आफ्ना हतियारहरू बढाउने वा स्तरोन्नति गर्ने उल्लेख गरेको छ ।

एसआईपीआरआईको हतियारको सामूहिक विनाश कार्यक्रमका सहयोगी वरिष्ठ फेलो हान्स क्रिस्टेनसेनले भनेका छन्,'शीतयुद्धको अन्त्य पछि विश्वव्यापी आणविक हतियारमा कटौती भएको स्पष्ट सङ्केतहरू छन् ।'

प्रतिवेदनका अनुसार ५ हजार ९ सय ७७ आणविक हतियार रहेको रुस र ५ हजार ४ सय २८ आणविक हतियार रहेको अमेरिका दुवैसँग विश्वमा रहेका कुल आणविक हतियारको ९० प्रतिशत हिस्सा छ ।

सन् २०२१ मा बिग्रेका  र पुराना भएका आणविक हतियारहरूका कारण सङ्ख्या केहीले घटेको थियो । तर, विश्वभरि ९ देशमा रहेको अनुमानित १२ हजार ७ सय ५ परमाणु हतियारको कुल सङ्ख्या आगामी दशकमा फेरि बढ्ने प्रतिवेदनले जनाएको हो।

दशकौँदेखि विश्वभर आणविक हतियारहरूको सङ्ख्या लगातार घट्दै गएको छ।

शीतयुद्धको उचाइ सन् १९८० को दशकमा विश्वमा रहेका आणविक हतियारको तुलनामा अहिले त्यसको पाँचौँ भाग बराबरका हतियार मात्रै विश्वमा छन् । तर, सोही समयमा अत्याधुनिक हतियारको विकास भएको प्रतिवेदनले जनाएको छ ।

चीन, फ्रान्स, रुस, युनाइटेड किंगडम, र संयुक्त राज्य अमेरिकासहित संयुक्त राष्ट्रका पाँच आणविक हतियार भएका भिटो शक्ति  राष्ट्रहरूले यस वर्षको सुरुमा आणविक हतियारको थप वृद्धिविरुद्ध रहने घोषणा गरेका थिए ।

खास गरी रुस र युक्रेनबीचको युद्धले विश्वभर सिर्जना गरेको तनावले आगामी वर्षमा फेरि आणविक हतियारको वृद्धि हुनसक्ने ट्रेण्ड देखाएको हो । विश्लेषकहरूले यो निकै चिन्ताजनक विषय भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ