arrow

भू तथा जलाधार कार्यालय चन्द्रनिगाहपुरले भुक्तानी नदिएको भन्दै उपभोक्ता समिति आन्दोलनमा

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ जेठ ३० सोमबार
chandranikapur-.jpg

चन्द्रपुर । सरकारी निकायले नै १ वर्ष बितिसक्दा समेत योजनाको भुक्तानी दिएको छैन । विभिन्न योजना तथा कार्यक्रमहरूको भुक्तानी नदिएको भन्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरूले प्रदर्शन गरेका छन् । 

आर्थिक वर्ष २०७७-०७८ मा विभिन्न ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैयाँ हालसम्म भुक्तानी नगरेको भन्दै उपभोक्ता समितिहरूले सोमबार कार्यालय बन्द गराएर विरोध प्रदर्शन गरेका थिए । 

पहिलेकै कामको भुक्तानी नदिएको कार्यालयले आ.व.२०७८-०७९ को कामको भुक्तानी दिएर आफूहरूमाथि अन्याय गरेको सङ्घर्ष समितिका कुञ्ज बिहारी चौधरीले बताए । 

लक्ष्मीपुर ड्याम निर्माण उपभोक्ता समितिले ४ लाख, लक्ष्मीपुर पोखरी निर्माण उपभोक्ता समितिले ५ लाख ८० हजार, ब्रह्स्थान कम्पाउन्ड वाल गेट निर्माण उपभोक्ता समितिले ६ लाख ७९ हजार ५ सय ९७, मरधर मन्दिर निर्माण उपभोक्ता समितिले ७ लाख, हर्दिया खोला किनारा संरक्षण उपभोक्ता समितिले १० लाख, श्रीराम निर्माण सेवा उपभोक्ता समितिले २० लाख, जे.के आलु उत्पादन कृषि उपभोक्ता समितिले १२ लाख, पशुपति सामुदायिक वन उपभोक्ता समितिले ६ लाख र खैरे खोला तटबन्ध उपभोक्ता समितिले ४ लाख ४४ हजार ६ सय ९२ रुपैयाँ भुक्तानी बाँकी रहेको सङ्घर्ष समितिले जनाएको छ । 

भुक्तानी रकम लामो समय सम्म नपाएका उपभोक्ता समितिहरूले संयुक्त सङ्घर्ष समिति गठन गरेर एक हप्ता भित्र भूक्रानी नदिएमा आउँदो आवको काम गर्न अवरोध गर्ने र कार्यालय विरुद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ