arrow

विश्व अर्थतन्त्रकाे सम्भावना: "स्ट्यागफ्लेसन" वा "मन्दी"?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
global-economy-inflation.jpg

काठमाडौं । वर्तमान अवस्थामा अमेरिका र विश्वव्यापी अर्थतन्त्रमा मुद्रास्फीतिले निम्त्याएको परिवर्तनलाई विभिन्न किसिमले हेर्न थालिएको छ । एक थरीले मुद्रास्फीति कायम रहन्छ भन्ने धारणा राखेका छन् भने अर्काे थरीले यो अस्थायीमात्र हो भनी विश्वास गरेका छन् ।

बढी जसोले यो वर्ष उच्च मुद्रास्फीति र न्यून वृद्धिको अपेक्षा  राखेका छन् । केही समयअघि आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो प्रक्षेपण घटाएर मुद्रास्फीतिको प्रक्षेपण बढाएका छन्। 

विश्वव्यापी अर्थव्यवस्थामा आएको तनावले आगामी केही समयको लागि आर्थिक वृद्धि र मौद्रिक नीतिलाई असर गर्ने मुख्य कारक मुद्रास्फीति हुनेछ।

विश्वव्यापी केन्द्रीय बैंकहरूले मौद्रिक नीतिलाई कडा बनाएको अवस्थामा मुद्रास्फीति बिस्तारै घट्छ वा द्रूत रूपमा घट्छ भन्ने हालका भिन्नताहरू खास गरी अर्को वर्ष वा त्यस पछिको वर्षमा केन्द्रित रहेका छन् ।

मौद्रिक नीतिलाई कडा पार्ने समयलाई लिएर फेडरल रिजर्भको आलोचना भइरहेको छ । फेडले नीति परिवर्तनको लागि उत्तम अवधि गुमाएको बाहिरी विश्वको बुझाई छ ।

फेड लगायत विश्वव्यापी केन्द्रीय बैंकहरूले आफ्नो कडा नीतिहरू छिटो अपनाउन सक्ने र यसले आर्थिक मागलाई रोक्दै मन्दीतर्फ लैजाने धेरै बजार सहभागीहरूको चिन्ता छ ।

एकै समयमा विश्वभरका कम्तीमा ६० केन्द्रीय बैंकहरूले फेडको अघि वा पछि उस्तै कडा कदम चालेका छन् ।

वर्तमान अवस्थामा मुद्रास्फीतिविरुद्ध लड्न कडा मौद्रिक नीति अपनाउने विषयमा धेरै असहमति छैन । तर नीतिको कडाइमा अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने ओभरशूट कि छैन भन्ने विषय विरोधाभाष हो ।

कोभिड–१९ महामारीको प्रकोपपछि अन्तर्राष्ट्रिय अर्थतन्त्र, व्यापार र लगानीको वातावरणमा ठूलो परिवर्तन आएको कुरा स्पष्ट नै छ । 

महामारीको प्रभाव, मुद्रा बाढी, तीव्र भइसकेको भूजोखिम, विश्वव्यापी आपूर्ति शृङ्खलाको फेरबदल, कार्बन न्यूनीकरणको विकास र रूपान्तरणको गतिमा रहेका देशहरूले विश्वव्यापी आर्थिक विकासको गतिलाई असर गरेको छ। 

विभिन्न अल्पकालीन र दीर्घकालीन कारकहरूले मुद्रास्फीति र वृद्धि समस्याहरू अझ जटिल बनाएको छ। 

खासगरी औद्योगिक श्रृंखला पुनर्संरचना र हरित रूपान्तरणले ल्याएको बढ्दो लागत र महामारी एवं भूराजनीतिक द्वन्द्वको प्रभावको कारण अल्पकालीन आपूर्ति र माग असंतुलन सबै दीर्घकालीन कारकहरू रहेका छन् ।

यसरी मुद्रास्फीति दीर्घकालीन रुपमा रहन्छ भनी वकालत गर्ने र यसलाई अस्थायी घटनाका रूपमा हेर्ने दुवैको आआफ्नै आधार छ। 

यसको मतलब मुद्रास्फीति एक दीर्घकालीन कारक हुनेछ जसले विश्वव्यापी अर्थतन्त्रलाई लामो समयसम्म पीडा दिनेछ । यससँगै विभिन्न नयाँ परिवर्तनहरुले मौद्रिक नीतिलाई सैद्धान्तिक व्याख्या र विगतका अनुभवबाट तय गर्न गाह्रो बनाउँनेछ ।

सहज चक्र र कडाईको चक्रले अभूतपूर्व लय देखाइरहदा निस्सन्देहरुपमा मौद्रिक नीतिले ओभरशुटको जोखिम बढाएको छ ।

सन् २०२० मा कोभिड-१९ प्रकोपको प्रारम्भिक चरणमा फेडले नियो केनेसियनवादको पालना गर्दै छोटो अवधिको संकटमा प्रतिक्रिया दिने दृष्टिकोण राखेको थियो । 

छोटो अवधिमा ब्याज दरलाई शून्यमा घटायो र असीमित मात्रात्मक सहजताको तरलता सुरु गर्‍यो । यसले धेरै केन्द्रीय बैंकहरूलाई यस्तै अति सहज उपायहरू अबलम्बन गर्न प्रेरित गरेको छ।

दुई वर्षपछि फेडले ब्याजदर बढाउने र आफ्नो ब्यालेन्स शीटलाई एकैसाथ घटाउने डबल ब्यारेल टाइटनिङ नीति शुरु गर्‍यो। यस्ता असामान्य नीतिगत उतारचढावहरूले निस्सन्देह आर्थिक चक्रको स्थिरतालाई असर गर्नेछ।

यस कारणले केन्द्रीय बैंक नीतिको ओभरशुटले अर्थतन्त्रलाई संकुचित गर्दै मन्दीतर्फ धकेलिरहेकोमा धेरै जसोको चिन्ता छ। 

ब्रिजवाटरका संस्थापक रे डालियोले हालै विश्वभरका केन्द्रीय बैंकहरूले मुद्रास्फीतिको हानिकारक बाउटपछि आफ्नो अर्थतन्त्रलाई पुनस् निर्माण गर्ने प्रयासमा दुई वर्षमा फेरि ब्याज दर कटौती गर्न थाल्नुपर्ने बताएका छन् । 

यसको मतलब भविष्यको मौद्रिक नीति चक्र उल्लेखनीय रूपमा छोटो हुनेछ र यसले निस्सन्देह नीति जोखिमहरू बढाउनेछ।

ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्समा विश्व बैंकले भनेको छ,'विश्व अर्थतन्त्र फेरि खतरामा छ। यसपटक यसले उच्च मुद्रास्फीति र सुस्त वृद्धिको सामना एकै पटक गरिरहेको छ। यदि विश्वव्यापी मन्दीलाई रोक्न सकियो भने पनि मुद्रास्फीतिको पीडा धेरै वर्षसम्म रहन सक्छ।'

अर्कोतर्फ ओईसीडीले आर्थिक वृद्धि सुस्त र बढ्दो मुद्रास्फीति सम्भावनामा भए पनि सन् १९७० को दशकको मध्यमा भएको जस्तै मुद्रास्फीतिको सीमित जोखिमहरूको आंकलन गरेका छ। 

ओईसीडीले भनेको छ कि विकसित अर्थतन्त्रहरू अहिले १९७० को दशकको तुलनामा सेवाहरूमा धेरै निर्भर छन् र ठूलो ऊर्जा आवश्यक पर्ने उद्योगहरूमा कम निर्भर छन्। 

समग्रमा विश्वव्यापी केन्द्रीय बैंक नीति कडाइको अपेक्षामा उच्च स्तरबाट मुद्रास्फीति घटेसँगै अन्तर्राष्ट्रिय आर्थिक वृद्धिदर घट्ने छ र न्यून वृद्धि र मध्यम मुद्रास्फीतिको सहअस्तित्वको नयाँ सन्तुलन देखा पर्ने सम्भावना बढी छ। 

थपरुपमा वर्तमान विश्वव्यापी आर्थिक, व्यापार, वित्तीय र मौद्रिक वातावरणमा ठूलो परिवर्तन भइरहेको छ र भविष्यका विकासलाई महामारी पूर्वको सामान्य मोडेलमा फर्कन निकै गाह्रो छ ।

अन्तमा विश्वव्यापी मुद्रास्फीतिलाई ऐतिहासिक रूपमा उच्च स्तरमा पुर्याउनुका विभिन्न कारक तत्वहरु छन् । अहिलेको मुद्रास्फीतिसँग व्यवहार गर्नुमा समेत विगतमा भन्दा ठूलो भिन्नता छ । मौद्रिक नीति चक्र छोटो पार्दै र यसको ओभरशुटले मुद्रास्फीतिलाई उच्च स्तरबाट तल लैजानेछ। 

विश्वव्यापी आर्थिक र व्यापारिक वातावरणमा ठूला परिवर्तनहरूका कारण चरम 'स्ट्यागफ्लेसन' अथवा मुद्रास्फितीको सम्भावना सीमित भए पनि विश्वव्यापी आर्थिक मन्दीको स्थिती भने झन् झन् स्पष्ट हुँदै गइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ