- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। रुसी साम्राज्यलाई के भयो ? यो साम्राज्यवादी युद्धको अन्त्यमा विघटन भयो। सोभियत संघलाई के भयो ? यो शीतयुद्धको अन्त्यमा विघटन भयो । रूसी संघ के हुनेछ ?
धेरैलाई दुःखी बनाए पनि यसकाे जवाफ स्पष्ट छ । रुसी देशभक्ति यस्तो छ कि क्रेमलिन शासनलाई समर्थन नगर्नेहरू पनि वर्तमान रुसी राज्यको साम्राज्यवादी स्वभावलाई चिन्न तयार छैनन् ।
वर्तमान रुसी सरकारलाई अन्यायपूर्ण, अक्षम वा केवल खतरनाक ठान्नेहरू पनि रुसी संघको वर्तमान सीमानासहितको अस्तित्वमा विश्वास गर्छन्।
युक्रेनको सैन्य विजय र रुसी शासकहरूलाई अन्तर्राष्ट्रिय कटघरामा उभ्याउनका लागि कामना गर्नेहरु पनि अन्ततः रुसको अन्त्य हुन्छ भन्ने कुरा मान्न तयार छैनन् ।
लामो समयदेखि पतनको भय छ र यसको भविष्यवाणी गरिएको छ । अनुकूल आर्थिक अवस्थाको फाइदा उठाएर, सक्षम सरकारमा भर परेर, दक्ष कूटनीतिक खेल वा भाग्यमा भर परेर यसलाई सुस्त बनाउन सकिन्थ्यो ।
सत्तारुढ पार्टी एउटा नाम छनोट गर्न सफल भएको थियो जसले यसको विघटनको गहिरो डरका साथै अन्य मूल्यमान्यताहरूको कमीलाई झल्काउँछ 'संयुक्त रुस'।
अन्तर्राष्ट्रिय परिदृश्यमा रुसका साझेदारहरूले यो विघटन चाहेनन् । खतरनाक र महँगो शीतयुद्ध अन्त्य गरेकोमा कयौंजसोहरु महासंघप्रति कृतज्ञ थिए। अन्य केहीले परिवर्तनहरूप्रति केवल असन्तुष्टि जनाए । जे भए पनि तिनीहरू युद्ध भन्दा बढी डराउँछन्।
महासंघको विघटन विदेशी जनता वा सरकारको कारणले होइन उनीहरु आफ्नैको इच्छाविपरीत र भविष्यवाणीको विपरीत हुने हो । यो सम्भव छ कि यो रुसी जनसंख्याको इच्छाविरुद्ध पनि हुनेछ । यस्ता समस्याहरू सामान्यतया मतदानद्वारा हल हुँदैनन् ।
लामो समय दुई दशकमा रूसमा वास्तवमै केही महत्त्वपूर्ण परिवर्तनहरु भएनन् । दोस्रो रुसी युक्रेनी युद्धको साथ सबै कुरा परिवर्तन भएको छ । यो युद्ध संयुक्त रुस विचारधाराका समर्थकहरुले कहिल्यै शुरु गर्न नहुने थियो ।
यस्तोमा अहिले रुसी संघको संरक्षणमा सरोकार राख्नेहरूका लागि सत्यको घडी आएको छ । साम्राज्यको युग निकै पहिले बितिसकेको छ। विगतका साम्राज्यहरू युद्ध र विद्रोहपछि ध्वस्त भए र पुराना उपनिवेशहरू राष्ट्र एवं राज्यहरूका रुपमा जन्मिए ।
पोलिश ब्रिटिश लेखक जोसेफ कोनराडले संसारमा उपनिवेश नगरिएको जमीनको एउटा टुक्रासमेत नरहेको धारणा राखेका छन् ।
इङ्गल्याण्ड एक भूतपूर्व रोमन उपनिवेश नयाँ साम्राज्यको महानगर बन्यो। पूर्वी युरोपको गुरुत्वाकर्षणको केन्द्र पोल्याण्डलाई तीन शत्रु राष्ट्रले विभाजन गरेको थियो। पूर्वी प्रशिया, एक पूर्व महानगर र शाही राज्याभिषेकको स्थानसमेत एक उपनिवेश भयो।
यसअघि टाटारहरूको भूमिमा पनि यस्तै भएको थियो। इतिहास कुनै नियम बिना खुल्छ। आँधीबेहरी समुद्रमा छालहरू झैं साम्राज्यहरूको उदय हुन्छ र पतन हुन्छ ।
डिकोलोनाइजेशन भनिने प्रक्रियामा २० औं शताब्दिमा संसारका लगभग सबै साम्राज्यहरू हराए। राष्ट्रिय एवं संघीय राज्यहरूसँग साम्राज्यहरू पराजित भए ।
समकालीन एक राष्ट्र रुसले आफूलाई जर्मनी वा स्वीट्जरल्याण्ड जस्तै एक संघ भन्छ । वास्तवमा आफ्नो पतनको घडीमा यसले साम्राज्य जस्तै व्यवहार गरिरहेको छ।
संघ र साम्राज्यमा के फरक छ ?
संघलाई यसका सदस्यहरूको निःशुल्क आगमन र बहिर्गमन व्यवस्थाद्वारा परिभाषित गरिन्छ।
साम्राज्यहरू बलद्वारा कायम हुन्छन् । जबकि संघहरूले तिनीहरूको आत्म विघटनको विरोध गर्दैनन् ।
२० औं शताब्दीको प्रारम्भमा यसलाई पृथकतासहित आत्मनिर्णयको अधिकार भनिन्थ्यो ।
यो सिद्धान्त नोभेम्बर १९१७ मा बोल्सेभिकहरूले अपनाएको रुसी जनताको अधिकारको घोषणामा समावेश गरिएको थियो। पछि यो संवैधानिक पाठहरूबाट गायब भयो।
सोभियत संघ र चेकोस्लोभाकिया जस्ता केही कम्पोजिट महासंघहरू बल प्रयोग नगरी विघटन भएका छन् ।
तर विघटनका अन्य घटनाहरूले अन्तर्राष्ट्रिय हस्तक्षेपका साथ गृहयुद्ध निम्त्याएको छ।
जस्तोकि यस्तो स्थिति पहिले संयुक्त राज्यमा भएको थियो र यो युगोस्लाभियामा हाम्रो आँखा अगाडि भयो । सेनाहरू असमान थिए र एक पक्षले अर्कोमा आफ्नो इच्छा थुपार्याे ।
म रुसी संघको पतनको लागि आह्वान गरिरहेको छैन, म यो भविष्यवाणी गर्दैछु र यसले फरक पार्छ।
फेरि पनि विघटनबाट बच्न सकिन्थ्यो र यसका लागि युक्रेनसँग युद्ध शुरु नगर्नु नै पर्याप्त हुने थियो। तर पुनरुत्थानवाद सावधानी भन्दा बलियो थियो।
यस महासंघको पतन एक जटिल, कृत्रिम, अत्यधिक असमान र बढ्दो अनुत्पादक समुदाय मास्कोमा यसका नेताहरूको कारणले मात्र हुनेछ।
महासंघलाई माया गर्नेहरू, यदि यसको पतन भयो भने मानवीय अवस्था खराब हुनेछ भनेर सोच्नेहरू, संयुक्त रूसको विचारलाई मुख्य र एक मात्र राजनीतिक मूल्यको रूपमा हेर्नेहरू सबैले यो युद्ध श्रु गर्नेहरूलाई मात्र दोष दिनु पर्छ।
संघ कति भागमा टुक्रिनेछ, के यी भागहरू यसको गणतन्त्र र प्रदेशहरूको वर्तमान सीमांकनसँग मेल खानेछन् ? भन्ने जस्ता कुराहरुको निर्णय जनताले गर्नेछन् ।
स्थानीय तहमा पृथकीकरणलगायत आत्मनिर्णयको अधिकार कार्यान्वयनमा विद्यमान संस्था, नेता र सीमानाको भूमिका रहनेछ ।
तर यसभन्दा बढी त्यहाँ अन्य धेरै निर्धारणका कारकहरू रहनेछन् । आर्थिक र सांस्कृतिक, घरेलु र अन्तर्राष्ट्रिय गरी नयाँ राज्यहरू विविध हुनेछन् । केही लोकतान्त्रिक हुनेछन् र अरू अधिनायकवादी हुनेछन्।
यस्ता सबै राज्यहरु तिनीहरूको पुरानो, थकित र घृणित आफन्तहरूसँग भन्दा बढी आफ्ना छिमेकी, व्यापारिक र सुरक्षा साझेदारहरू बढी जोडिनेछन् ।
दोस्रो विश्वयुद्ध पछि रुसको हिस्सा बन्नुअघि अन्य राष्ट्रिय संस्थाहरूको स्वामित्वमा रहेका क्षेत्रहरू (पूर्वी प्रशिया, कारेलियाका केही भागहरू, कुरिल टापुहरू) निस्वार्थ खुशीका साथ रुसी संघ छोड्ने छन् ।
काकेशस जस्ता जटिल क्षेत्रहरूमा जातीय र धार्मिक तनावले नयाँ युद्धहरू निम्त्याउन सक्छ। रुसी संघको पतनसँगै सामाजिक असमानता र हालका दशकहरूमा रूसको पहिचान अझ बढ्ने छ ।
कच्चा पदार्थ उत्पादन गर्ने प्रदेशहरू धनी हुनेछन् भने अन्य प्रदेशहरू गरिब हुनेछन् । स्वतन्त्रताको आनन्द लिँदै तिनीहरूका नागरिकहरुले नयाँ रचनात्मकता देखाउनेछन्।
तिनीहरूले केवल स्वतन्त्र समाजहरू सिर्जना गर्न सक्ने व्यापार शुरु गर्नेछन्। तिनीहरूले आफ्नो तुलनात्मक लाभ, नयाँ र अद्वितीय आविष्कार गर्नेछन्।
इतिहास जारी रहनेछ। उथलपुथललाई मन नपराउँने अन्तरराष्ट्रिय समुदायले चाँडो ढिलो परिवर्तनहरूलाई ध्यान दिनेछ र रक्तपातबाट बच्न प्रयास गर्नेछ।
यस बिन्दुमा पहिलो विश्वयुद्धका विजयीहरूले आयोजना गरेको सन् १९१८–१९१९ को पेरिस सम्मेलनको नमूनामा शान्ति सम्मेलन आयोजना गरिनेछ। ब्रेस्ट लिटोभस्कमा छुट्टै शान्ति सम्झौतामा हस्ताक्षर गरेको रुसलाई त्यहाँ आमन्त्रित गरिएको थिएन।
युक्रेन, चीन, नर्वे, पोल्याण्ड, फिनल्याण्ड, काजाकिस्तान, र अन्य नयाँ देशका छिमेकीहरूले नयाँ शान्ति सन्धिमा वार्ताको मध्यस्थता गर्नेछन् ।
ऐतिहासिक रूपमा निकै नै सफल महासंघ युरोपेली संघ र संयुक्त राज्यले आफ्नो भूमिका निभाउने छन्। नयाँ यूरेशियन सन्धिले एक शताब्दी अघि भर्साइलमा सुरु भएको काम पूरा गर्नेछ।
अलेक्जेन्डर एट्किन्डद्वारा लिखित यो लेख दि मास्कोटाइम्समा प्रकाशित सामग्री हो ।