arrow

स्थिर चित्तले दुवै देख्न सक्छ

logo
बुद्ध,
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
buddha-squral-story.JPG

श्रावस्तीमा एक ब्राह्मण कुमार थिए । यिनी तीनै वेदमा पारङ्गत थिए । यिनी क्षत्री र ब्राह्मण कुमारहरूलाई मन्त्र (वेद) पढाउँथे । पछि उनले आफ्नो गृहस्थी बसाले । वस्त्रालंकार, दासदासी, खेत, गाई, भैँसी, पुत्र तथा स्त्री आदिको चिन्ता गर्दागर्दै राग द्वेष मोहको वशीभूत हुँदा यिनको चित्त अस्थिर भयो। क्रमैसँग मन्त्र पढाउन पनि सकेनन् र यताउताको मन्त्र पनि सम्झन सकेनन् ।

एक दिन धेरै सुवासित फूलहरू लिएर जेतवनमा गई शास्तालाई (बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक हो ।)  पूजा गरी वन्दना गरेर एक छेउमा बसे । उनीसँग कुशलक्षेमको कुरा गर्दै शास्ताले सोधे, 'मानव | मन्त्र पढाउँछौ त? राम्ररी अर्थ आउँछ त?' 

ब्राह्मणले भने,' पहिले त मलाई मन्त्र राम्रोसँग आउँथ्यो तर गृहस्थी बसालेदेखि मेरो चित्त अस्थिर हुन थाल्यो। त्यसैले अब मलाई मन्त्र राम्रोसँग आउँदैन ।'

'मानव ! अहिले मात्र होइन अघि पनि चित्त स्थिर भएको बेलामा तिमीलाई राम्ररी मन्त्र आउँथ्यो । रागादिद्वारा घुलिमलिएपछि तिमीलाई मन्त्र पाउन छोडेको थियो।' भन्दै शास्ताले पूर्व जन्मको कुरा बताए। 

 पूर्व जन्म वाराणसीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व ब्राह्मण महाशाल कुलमा जन्मी बैँस पुगेपछि तक्षशिलामा मन्त्र पढौँ दिशा प्रमुख आचार्य भई वाराणसीमा धेरै क्षत्री र ब्राह्मण कुमारहरूलाई मन्त्र पढाउन थाले ।  उन कहाँ बसेर एक ब्राह्मण माणवकले तीनै वेद पारङ्गत गरे। 

कुनै पदमा पनि शङ्का रहेन र उपाचार्य भई मन्त्र पनि पढाउन थाले। पछि उसले घर गृहस्थी नै बसाले । गृहस्थीको चित्त हुँदा चित्त अस्थिर भई मन्त्र पाठ गर्न सकेनन् । अब आचार्यकहाँ जाँदा आचार्यले उनलाई मन्त्र त राम्रोसँग आउँछ होइन भनी सोध्दा उनले घर गृहस्थीदेखि चित्त अस्थिर भई मन्त्र पाठ गर्न नसकेको कुरा बताए । 

अनि चित्त अस्थिर हुँदा अभ्यस्त भएको मन्त्र पनि सम्झना हुँदैन र अस्थिर नभएको खण्डमा सम्झन नसक्ने पनि कुनै कुरा छैन भनी शास्ताले यी दुई गाथा भने

१. 'यबोदके आविले अप्पसग्ने,
न पस्सति सिप्पिसम्बुकं मच्छगुम्बं ।
एवं बाबिले हि चित्त,
न परसति अत्तदत्यं परत्यं ।।

जसरी चलेको अपरिशुद्ध पानीमा सिपी, शव र माछाको समूह देखिन्न त्यसरी मलिन चित्त अथवा अस्थिर चित्त हुनेले आत्मार्थ र परमार्थ दुवै देख्न सक्दैन ।

२. 'यबोदके अच्छे विप्पसन्ने,
सो पस्सति सिप्पि च मच्छगुम्बं ।
एवं अनाबिले हि चित्ते,
सो पस्सति बत्तदत्यं परत्यति ॥'

जसरी स्वच्छ र निर्मल पानी भएमा सिपी, शंख र माछाको समूह देखिन्छन् त्यसरी स्थिर चित्त हुने आत्मार्थ र परमार्थ दुवै देख्न सक्छ ।

यो पूर्व जन्मको कुरा बताई सत्य कुरा प्रकाश पारेर शास्ताले ब्राह्मणको समाधान गरे । सत्य कुराको अन्त्यमा ब्राह्मण कुमार स्रोतापत्ति फलमा प्रतिष्ठित भए । आन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ