arrow

अढाई सय हेक्टर क्षेत्रफलमा सिँचाइका लागि नहर बन्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
kanchaniya-nahar.jpg

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका- ६ भलवारीस्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिँचाइ योजनाको निर्माण सम्पन्न भएको छ। कन्चनीया नदीबाट पानी लिफ्ट गरी अढाई सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरी १ दशमलव ६० किमी लोमो नहर बनाई योजनाको निर्माण गरिएको हो। 

क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र उप मेयर रिता कुमारी कुर्मीले रिबन काटेर सयुक्त रुपमा योजनाको उद्घाटन गरे।

सो अवसरमा सांसद शाहले जिल्ला कै गौरवको आयोजनाका रुपमा रहेको कन्चनीया सिचाई योजनाले महराजगंज र कृष्णनगर नगरपालिकाका दर्जनौँ गाउँका कृषकहरू यसले लाभान्वित हुने बताए। 

उनले सिँचाइको सुविधा भए पछि कृषकहरूलाई धान, गहुँ, तेलहन, तरकारी लगायतका खेती गर्न सजिलो हुने बताए। ‘ यो सिँचाइ योजनाले हजारौ कृषकहरू लाभान्वित हुनेछन्’ उनले भने।

सो अवसरमा उनले कृषकहरूलाई सरकारले मल, बिउ बिजन लागतका सुविधा तत्कालै उपलब्ध गराउनु पर्ने बताए। सो अवसरमा मेयर कलामले सिँचाइको अभावले गर्दा कृषकहरूलाई खेतीपाती निकै अप्ठेरो परेको बेला कन्चनीया सिँचाइ योजनाले धेरै राहत मिलेको बताए। 

उनले नगरकै सबै भन्दा ठूलो सिँचाइ योजनाले यस भेगका हजारौँ कृषकहरू लाभान्वित हुने उनले बताए। यो सिँचाइ योजनाले यस क्षेत्रकै कृषि उपजको उत्पादनमा वृद्धि हुने उनले बताए।

कार्यक्रमका वडाध्यक्ष राम सिंहले वर्षौँदेखिको यस क्षेत्रका जनताहरूको सपना अहिले पूरा भएको बताए। उनले यो सिचाई योजनाले कृषकहरूलाई धरै राहत मिलेको बताए। सिँचाइ तथा जलश्रोत विकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्यायले निर्माण भएको योजनाले यस भेगका कृशकालाई धेरै फाइदा पुग्ने बताए। उनले यो आयोजनाको संरक्षण गर्न स्थानीयवासी र पालिकालाई उनले आग्रह गरे।

अर्घाखाँची इन्जीनिययर्स एन्ड बिल्डल्डर्स कम्पनी प्रालि अर्घाखाँचीले आरसिसी बेयर प्रबिधिबाट डाईभर्जन निर्माण गरेको हो। समायोजन रकम बाहेक ५ करोड ८२ लाख ७९ हजारमा योजनाको निर्माण गरिएको हो। बेयर विथ अन्डर स्लुईस,गाईड बन्ड, गेबियन प्रोटेक्सन, पक्की नहर अन्तरर्गत गत मूल र शाखा नहर, आरसिसी कल्भर्ड ३ र डिब्ट्रीब्युसन गेट ३ वटा निर्माण गरिएका छन्।



नयाँ