arrow

बाढीले बगाउँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
death_1618213452.jpg

कालीकोट । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र-२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो ।

साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ