arrow

डा शेखर कोइरालाले नोबेलको शिविरमा जाँचे बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
dr-shekhar-koirala-patient-2079-03-02.jpg

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । सो अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।

शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको  छ । उनीहरुले नोबेलमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । नोबेलले बिरामीलाई अस्पताल ल्याउन र उपचार पश्चात घर पुर्याउन गाडीको व्यवस्था पनि मिलाएको छ ।           



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ