arrow

भारतको विहारमा बाढीले ९५ जनाको मृत्यु, २० लाख बढी प्रभावित

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
patana-badhhi.jpeg
पटना। भारतको विहारमा अविरल वर्षापछि आएको बाढीले अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको छ । विहारका १२ जिल्लामा आएको बाढीले २० लाख बढी मानिसको जनजीवन अस्तव्यस्त भएको छ। औरंगबाद जिल्लाको पुनपुन नदीमा आएको बाढीमा बगेर १८ जना वेपत्ता भएका छन्। डुंगामा सवार २५ जनामध्ये सात जनाको उद्दार भएको थियो। 
 
पटना जिल्लामा डुबेर ७ जनाको मृत्यु भएको छ। पूर्वी उत्तर प्रदेश, छत्तीस गढ, राजस्थान, गुजरात, असम लगायतमा पनि बाढीले जनजीवन अस्तव्यस्त पारेको छ। सरकारले सहज उद्दार नगरेको भन्दै स्थानीयले आक्रोशसमेत पोखेका छन्। बिहारमा आरजेडी नेता लालु यादवले पीडाको बेला पनि जिस्किदै भनेका छन् –‘तिमीहरु त भाग्यमानी हौ गंगा तिमीहरुको घरघरमा आइन्।’ 
 
विहारका मुख्यमन्त्री नितिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर उद्दारका लागि अपील गरेका छन्। हजारौं नागरिक घरवारविहीन भएका छन् । उनीहरुलाई अस्थायी वास र उचित राहत नदिएको भन्दै पीडित आक्रोशित बनेका छन्। 



लोकप्रिय समाचार
नयाँ