arrow

इटाली भूकम्पले अहिलेसम्म १५९ को मृत्यु, अझै सय जना च्यापिएको अनुमान

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
italy.jpeg
रोम । इटालीमा बुधबार बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५९ पुगेको छ ।
 
अझै सय जना भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीलाई उधृत गर्दै डेलीमेलले जनाएको छ ।
 
पुरिएकामध्ये केहीलाई जिवितै उद्दार गरिएको बीबीसीले जनाएको छ ।
 
भग्नावशेषबाट १७ घण्टापछि एक आठ वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ ।
 
भूकम्पमा परी कम्तीमा चार सय जनाको संख्यामा घाइते भएका छन् । 
 
मध्य इटालीमा निकै वर्ष पुराना घरहरु रहेकाले ती घर ध्वस्त भएका हुन् । उद्दार जारी रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
नयाँ