arrow

लुम्ले क्षेत्र उच्च खतरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार

काठमाडौं । कास्कीको लुम्ले क्षेत्रमा बढी पहिरो जान सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

लुम्ले क्षेत्र धेरै पानी पर्ने मध्येको एक हो । शनिवार राती देखि यो क्षेत्रमा भारी वर्षा भइरहेको छ । 

यस क्षेत्रमा १२ घण्टामा १२२ मिलिमिटर पानी परेको छ । पानी हालसम्म निरन्तर परी रहेकाले थप सतह बढ्ने महाशाखाले जनाएको छ । 

महाशाखाले १२ घण्टाको अवधिमा १२० मिलिमिटर भन्दा बढी पानी परेमा उच्च खतराको अवस्थालाई मान्ने गरेको छ । 

सोही अनुसार आइतबार बिहानै महाशाखाले सूचना जारी गर्दे उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ