arrow

दोहोनी सिंचाई योजना संचालनमा

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ असार १३ सोमबार
dohoni-sinchai-aayojana-surendra-acharya.jpg

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं ८ मा निर्माण भएको दोहनी सिंचाई आयोजना संचालनमा आएको छ । पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार एक कार्यक्रमबीच सिंचाई योजनाको  उद्घाटन गरेका हुन् । 

सो क्रममा मन्त्री आचार्यले आफूले सिलन्यास गरेको योजना उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गर्दै यस क्षेत्रका किसानहरुको कृषि उत्पादन वृद्धि हुनेमा विश्वस्त रहेको बताए । साथै जिल्लाका अन्य स्थानमा पनि यस्ता योजनाले निरन्तरता पाएको बताए ।

२०७४ सालबाट निर्माण शुरु गरिएको योजनाको सबै काम सम्पन्न गरिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए । 

७ करोड २० लाख ९६ हजार ३ सय ३४ रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रुपन्देहीले ठेक्कामार्फत योजना सम्पन्न गरिएको हो । 

योजनाबाट ७ सय हेक्टर खेतियोग्य जमीन सिंचाई हुने समेत प्रमुख उपाध्ययाले बताए । योजनाबा६ कपिलवस्तु नगरपालिकाका वडा नं ७ र ८ का किसानहरु लाभान्वित भएको वडा नं ८ का अध्यक्ष शिवकुमार पाण्डेयले बताए । 

कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रकाश गैरे,  किसान संघका जिल्ला अध्यक्ष चर्तुभुजमणी त्रिपाठी, दुर्गेश पाण्डेय लगायतले योजनाको रेखदेख र सही सदूपयोग गर्नको लागि शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ