arrow

चट्याङमा परी एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
lightning-final.jpg

कैलाली । कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए ।

यस्तै, चट्याङबाट कैलारी-३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका-४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् । 

आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ