arrow

पोखराको पर्यटन विकास, फोहोर र पार्किङ व्यवस्थापनबारे वृहत छलफल गर्दै एडीबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
Pokhara-ADB.jpg

पोखरा । पोखरा महानगरपालिका र एशियन डेभलपमेन्ट बैंक (एडीबी) का उच्च प्रतिनिधिबीच सोमबार काठमाडौंमा अनौपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा एडीबीले पोखराको विकासमा गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल भएको बताइएको छ । 

एडीबीकै सहयोगमा पोखरामा पर्यटन विकास, फोहोर र पार्किङ व्यवस्थापनका परियोजना सञ्चालन हुँदैछ । यसका लागि एडीबीले बिहीबार पोखरामा पोखरा महानगरपालिका र सम्बन्धित पक्षसंग छलफल गर्ने कार्यक्रम तय भएको छ । 

भेटवार्तामा पोखराका मेयर धनराज आचार्य, एडीबीका नेपाल आवास मिसनका निर्देशक अर्नाउड एम काउच्वइस, एडीबीका शहरी विकास विशेषज्ञ लक्ष्मी शर्मा, दीगो पर्यटन विकास, दीगो शहरी विकास तथा जलवायु परिवर्तन विभागका वरिष्ठ विशेषज्ञ आउटर ए स्कालाकेन, नेपाल आवास मिसनका योजना व्यवस्थापन विशेषज्ञ शौगाता दासगुप्ता लगायत सहभागी भएको कार्यक्रम संयोजक गरेका सञ्जय कक्षपतिले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ