arrow

लुकाकु चेल्सीबाट लागे इन्टरमिलान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
lukaku.jpg

काठमाडौं । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले इङ्गलिश प्रिमियर क्लब चेल्सी छाडेका छन् । उनी चेल्सी छाडेर इटालियन क्लब इन्टर मिलानमा जोडिएका हुन् । उनलाई इन्टरले लोनमा अनुबन्ध गरेको हो ।

इन्टरले चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । इन्टरले बुधबार राति २९ वर्षीय लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ ।

लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।

लुकाकु सात वर्षपछि चेल्सी फर्किएका थिए । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

सन् २०१७ मा इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले ९६ खेलमा ४२ गोल गरेका थिए ।

म्यानयुपछि  लुकाकु  सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए । गत सिजन चेल्सीबाट लुकाकुले १५ गोल गरेका थिए जसमा आठ गोल प्रिमियर लिगको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ