डोल्पाको दुनैमा ग्लोबल आइएमईको नयाँ शाखा, ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने ग्लोबल निजी क्षेत्रको पहिलो बैङ्क
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
623
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैङ्क नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको छ।
बैङ्कले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।
त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।