arrow

प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसहित गठबन्धनका नेताहरु निजगढमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
nijgadh-international-airport-priliminary.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा गएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले आज सो क्षेत्रका निरीक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । 

भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्नेछ । यसअघि सर्वोच्च अदालतले गत बुधबार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारको हातमा दिएको थियो । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ । 

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । 

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाएका थिए । विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुँदै आएको थियो ।  

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेठ २४ गतेदेखि निजगढको शहीद चोकमा रिले अनशन शुरु गरेको थियो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको जेठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिनदेखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ