arrow

जोकोभिच क्वाटर फाइनलमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
Novak Djokovic.jpg

काठमाडौं ।  साबिक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा आइतबार राति डच खेलाडी टिम भानलाई हराउँदै जोकोभिचले क्वाटर फाइनलमा स्थान बनाएका हुन् ।

अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेको शीर्ष वरीयता प्राप्त जोकोभिच ६-२, ४-६, ६-१ र ६-२ ले विजयी रहे । 

वरीयताको १ सय ४ औं स्थानमा रहेको भानले दोस्रो सेट जितेर खेल रोमाञ्चक बनाएका थिए । तर पछि लगातार दुई सेटमा पराजित हुँदा क्वाटर फाइन यात्रा रोकियो ।

जोकोभिचको यो ३ सय ३१ औं ग्रान्डस्लाम जित हो । अब जोकोभिचले क्वाटर फाइनलमा जानिक सिनरसँग खेल्ने छन् । 

इटालीको सिनरले अर्को खेलमा स्पेनका कार्लोस अल्र्काजलाई ६-१, ६-४, ६-७ र ६-३ ले हराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ