arrow

चट्याङ लागेर धान रोप्दै गरेका १४ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
lighting-thundering.jpg

चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।

कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । 

सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

घाइते पाँच जनाको अवस्था खतरामुक्त छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।



नयाँ