arrow

बेलायती र अमेरिकी खुफिया एजेन्सीद्वारा चिनियाँ खतराको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
Christopher-Wray-Ken-McCallum.jpg

काठमाडौं । बेलायतको खुफिया (इन्टेलिजेन्सी) एजेन्सी एमआई५ र अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का प्रमुखहरूले बुधबार लण्डनमा भएको एक विशेष कार्यक्रममा चिनियाँ आर्थिक जासुसीको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

एमआई५का निर्देशक केन म्याकलमले विश्वभर चिनियाँ सरकारको गुप्त दबाब आफूहरूले सामना गर्ने सबैभन्दा 'गेम चेन्जिङ' चुनौती भएको भन्दै चेतावनी दिएका हुन् ।

यस्तै एफबीआईका निर्देशक क्रिस रेले पश्चिमी फर्महरूलाई बेइजिङ प्रतिस्पर्धात्मक लाभका लागि उनीहरूको प्रविधि चोर्न कटिबद्ध रहेको चेतावनी दिएका छन् ।

चीनले भने यी आरोपहरू निराधार भएको भन्दै अस्वीकार गरेको । यस्तै चीनले यसलाई आफ्नो राजनीतिक प्रणालीलाई धब्बा गर्ने पश्चिमको प्रयास भनेको छ ।

म्याकलम र रेले लण्डनको टेम्स हाउसमामा सरकारी अधिकारी एवं व्यवसायीहरूको उपस्थितमा सम्बोधन गरेका थिए ।

'चिनियाँ धम्की अमूर्त महसुस हुन सक्छ, तर यो वास्तविक हो र यसले थिचिरहेको छ । हामीले यसको बारेमा कुरा गर्न आवश्यक छ र हामीले कारबाही गर्नुपर्छ,' म्याकलमले भनेका छन् ।

यस्तै उनले युनाइटेड किंगडमको घरेलु गुप्तचर सेवा एमआई५ले आफ्नो चीन केन्द्रित कार्यहरू तीव्र रूपमा विस्तार गरेको बताएको छ ।

यस्तै एफबीआईका निर्देशक रेले चीनले टेक्नोलोजी चोरेर बजार खस्काइदिने चेतावनी विभिन्न उद्योगहरूलाई दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ