arrow

भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, सीमाबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
jaishankar-wang-yi.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बिहीबार बालीमा जी२० सम्मेलन अघि भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्धमा सीमाको अवस्था सम्बन्धी विशेष उल्लेखनीय मुद्दाहरूमा केन्द्रित रहेर छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।

यस्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भेटका क्रममा 'विदेश मन्त्रीले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बाँकी रहेका सबै मुद्दाहरूको चाँडो समाधानको लागि आह्वान गरे'को बताएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भारत चीन सम्बन्ध पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितलाई ध्यान दिँदै उत्तम तरिकाले अघि बढाउन सकिने बताएका छन् ।

यसअघि जयशंकर र वाङबीच पछिल्लो पटक गत मार्चमा चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणका क्रममा दिल्लीमा भेट भएको थियो।

भारतीय विदेश मन्त्रीले ट्विट गर्दै भनेका छन्, 'बालीमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेर मेरो दिनको शुरुआत भयो। हाम्रो द्विपक्षीय सम्बन्धमा सीमाको अवस्था सम्बन्धी विशेष उल्लेखनीय मुद्दाहरूमा केन्द्रित रहेर छलफल एक घण्टा चल्यो। साथै विद्यार्थी र उडानहरू सहित अन्य मामिलाहरूको बारेमा पनि कुरा भयो।'

यस्तै उनले अन्तर्राष्ट्रिय अवस्था र जी२० छलफलमा यसको प्रभावबारे साझा दृष्टिकोण राखेकोसमेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ