arrow

नदालले विम्बल्डनको सेमिफाइनलबाट फिर्ता लिए नाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
rafael-nadal-australian-open-2022.jpg

काठमाडौं । कीर्तिमानी टेनिस स्टार राफाइल नदालले विम्बल्डन टेनिसको सेमिफाइनल खेल नखेल्ने भएका छन् । स्पेनिश खेलाडी नदालले पेटको चोटको कारण सेमिफाइनल खेल नखेल्ने भएका हुन् ।

३६ वर्षीय नदालले सेमिफाइनलमा निक क्रिगोससँग खेल्ने तालिका रहेको थियो । नाडालले नाम फिर्ता लिएपछि निक फाइनलमा पुगेका छन् ।

सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जविरुद्धको खेलमा नदालले चोट बोकेका थिए ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नदालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

नदालले नाम फिर्ता लिएसँगै आइतबार रातिको फाइनल खल्लो भएको छ । फाइनलमा क्रिगोसको भिडन्त नोभाक जोकोभिच र क्यामरन नोरीबीचको विजेतासँग हुनेछ । 

नदालले आफूले खेल त्याग्ने खवर दुःखद भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ