arrow

जोकोभिच विम्बल्डनको फाइनलमा, उपाधि भिडन्त निकसँग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
novac-djokovic-2022.jpg

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका बेलायतका क्यामरुन नोरीलाई हराउँदै सर्बियन खेलाडी जोकोभिच फाइनलमा पुगेका हुन् । उनले २–६, ६–३, ६–२ र ६–४ को सेटमा जित हासिल गरे ।  

अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । यसअघि स्पेनिश टेनिस स्टार रफाइल नदालले पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएपछि निक फाइनलमा पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ