arrow

बुढीगंगामा ६ वडाको मत गणना सकियो, कांग्रेसले मुस्किलले खोल्यो खाता, एमालेको पकड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
local-level-election-12345.jpg

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ । 

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जितेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार विराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन् । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी,  वडा नम्बर–९ मा एमालेका मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ । 

बुढीगंगामा हालसम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर र उपमेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडि रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन् । 

उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह) ले १ हजार ८६२ मत ल्याएकी छिन् । बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ