arrow

विम्बल्डनको नयाँ च्याम्पियन बनिन् राइबाकिना, पुरुषतर्फ जोकोभिच र निक भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
elena-rybakina-tennis.jpg

काठमाडौं । विम्बल्डन टेनिसले नयाँ च्याम्पियन पाएको छ । महिलातर्फ काजखस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । 

शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् । १७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६, ६–२ र ६–२ ले पराजित गरिन् ।

२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो कजाक खेलाडीसमेत बनेकी छिन् । 

पुरुषतर्फको उपाधिका लागि आइतबार नोभाक जोकोभिच र निक क्रिगोस भिड्ने छन् । सेमिफाइनलमा सर्वाधिक सफल २२ पटकका ग्राण्डस्लाम विजेता स्पेनिश खेलाडी रफाइल नदालले पेटको चोटका कारण नाम फिर्ता लिएपछि निक फाइनलमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ