arrow

जोकोभिचले जिते २१ औं ग्राण्डस्लाम  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
novac-djokovic-wimbledon-2022.jpg

काठमाडौं । विश्व नम्बर एक सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले २१ औं ग्राण्डस्लाम टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको विम्बल्डन टेनिसको उपाधि जित्दै जोकोभिच २१ पटक ग्राण्डस्लाम जित्न सफल भएका हुन् । 

लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । जोकोभिचले शुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । 

जोकोभिचले निकमाथि ४–६, ६–३, ६–४ र ७–६ (७–३) को सेटमा जित निकाले । यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन् । अहिलेसम्म उनले सातौं पटक विम्बल्डनको उपाधि जितेका छन् । 

सर्वाधिक २२ पटक ग्राण्डस्लाम जितेका स्पेनिश खेलाडी रफाइल नदालले पेटको चोटका कारण सेमिफाइनलबाट नाम फिर्ता लिएपछि जोकोभिचलाई उपाधि जित्न सहज भएको हो । 

महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् ।

फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ