arrow

इरानलाई आणविक हतियार बनाउन नदिन बल प्रयोग गर्छु- बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
joe-biden-yair-lapid.jpg

काठमाडौं । मध्यपूर्वको यात्रामा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न अन्तिम उपायका रुपमा बल प्रयोग गर्ने चेतावनी दिएका छन् ।

मंगलबार रकेर्ड गरिएको तर, बुधबार मात्रै बोर्डकास्ट गरिएको इजरायलको च्यानल १२ टिभीसँगको अन्तर्वार्तामा बोल्दै बाइडेनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी विदेशी आतंकवादी संगठन (एफटीओ)को सूचीमा राख्नेसमेत बताएका छन् । यद्यपि सन् २०१५ को आणविक सम्झौताले यसलाई हटाएको थियो ।

तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने बाइडेनको विगतको भनाइको इरानविरुद्ध बल प्रयोग गर्ने हो भनेर सोध्दा त्यसको जवाफमा बाइडेनले भनेका छन्, 'यदि त्यो अन्तिम उपाय हो भने, हो ।'

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै आणविक हतियार चाहेको कुरा अस्वीकार गर्दै आएको छ ।

इजरेललाई साउदी अरेबियाको नजिक ल्याउन र वाशिंगटनका खाडी सहयोगीहरूलाई थप तेल उत्पादन गर्न मनाउनको लागि बाइडेनले शुरु गरेको चार दिने भ्रमणको शुरुआतमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरेलले स्वागत गरेको थियो ।

सन् १९७३ मा सिनेटरको रुपमा पहिलो पटक इजरेलको बेन गुरियन एयरपोर्टमा अवतरण गरेका बाइडेनले बुधबार इजरेली प्रधानमन्त्री यायर लापिडसँग हात मिलाउँदै दुई राष्ट्रबीचको सम्बन्ध निकै गहिरो भएको टिप्पणी गरेका थिए ।

'जियोनिस्ट हुनको लागि तपाई यहूदी हुनु आवश्यक छैन,' बाइडेनले पुरानो यहूदी जरा भएको भूमिमा इजरेलको जगको पछाडिको विचारधारालाई समर्थन गर्दै तर प्यालेस्टिनीहरूलाई आक्रोशि हुने किसिमले भने । यस्तै बाइडेनले इजरेलले कब्जा गरेको क्षेत्रमा प्यालेस्टाइनको स्वतन्त्रताको लागि २०१४ देखि रोकिएको वार्ता अघि बढाउने विषयमा समेत चाहना व्यक्त गरेका छन् ।

दुबै पक्षका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट पछि बाइडेन शुक्रबार साउदी अरेबिया जाने छन् । त्यहाँ उनले खाडी सहयोगीहरूको शिखर सम्मेलनमा भाग लिनेछन् र तेल उत्पादन बढाउन दबाब दिने अपेक्षा गरिएको छ ।

बाइडेन इजरेलमा रहँदा अमेरिका र इजरेलले इरानलाई आणविक हतियार बनाउन नदिने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् ।

बाइडेन र लापिडले बिहीबार अर्थात् आज इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने वाचा गर्दै संयुक्त सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन् ।

बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले २०१८ मा परित्याग गरेको इरान आणविक सम्झौतामा पुनस् सम्मिलित हुन इरानलाई मनाउने अप्ठेरो तनावको सामना गर्नुपरेको छ।

यस्तै भ्रमणका क्रममा बाइडेनले इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने बिषय र इरानको क्षेत्रीय कार्यहरूको प्रतिरोध गर्न संयुक्त राज्यले के गर्नेछ भन्ने बारे इजरेल, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जस्ता खाडी राष्ट्रहरूबाट प्रश्नहरूको सामना गर्ने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ