arrow

जिरीको ४१ घर पहिराेको उच्च जोखिममा

logo
रासस
प्रकाशित २०७९ असार ३१ शुक्रबार
pahiro-darchula.jpg

दोलखा । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो । जिरी नगरपालिका-६ हाटडाँडा बजार क्षेत्रमा वर्षसँगै बुधबार दिउँसो पहिरो जाँदा १४ घरपरिवार विस्थापित भएको नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए । 

पहिराले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय दिएर बसेका छन् । विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए । 

हाटडाँडामा गएको पहिराका कारण १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन् । नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए । जिरीलगायत क्षेत्रमा लगातार वर्षा भइरहेको हुँदा पहिराको जोखिम क्षेत्रमा बस्नका लागि सबैलाई सुरक्षित रहन प्रमुख जिरेलले आग्रह गरेका छन् । 

यसैगरी जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिराको उच्च जोखिम बढेको छ । मेलुङ गाउँपालिका-७ को जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिराको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए । मेलुङ-७ मा गएराति पहिराका कारण दुई घरमा क्षति पुगेको छ । उक्त वडामा पहिराका कारण हालसम्म ११ घरमा आंशिक क्षति पुर्याएको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ