arrow

चोलेन्द्रलाई एमालेले जोगाउनुपर्ने कुनै कारण छैन : ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
pradeep-gyawali2.jpg

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन ओली सरकारलाई पीडित बनाएको बताएका छन्  । 

एक कार्यक्रममा एमालेका उपमहासचिवले अहिले प्रधानन्यायाधीशमाथि निलम्बनका परेका बेला एमालेले उनलाई जोगाउन नपर्ने बताएका छन् । 

महाभियोगको विषय अगाडी बढ्न नदिएको भन्दै ज्ञवालीले पाँच दलीय गठबन्धनको आलोचना भने गरेका छन् । उनले ओली सरकारलाई पनि जबराले दुख दिएको गुनासो गरे ।  

 उनले भने,' जबराको एकल फैसलाले पोहोर साल असारमा खास गरी, देशमा कोरोना महामारी उत्कर्षमा छ, तर तिमीले स्वास्थ्य मन्त्री राख्न पाउँदैनौ । मेलम्ची लगायतका ठाउँमा बाढी पहिरोले दर्दनाक अवस्था सृजना भएको छ । तर गृहमन्त्री राख्न पाउँदैनौ । ५ जनाले सरकार चलाउन भनेर आदेश दिने । एमाले त उसको भिक्टिम हो, उनलाई जोगाउनुपर्ने कुनै कारण छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ