arrow

प्रचण्ड र बाबुराम एउटै टेबलमा, कांग्रेसको निर्णय सही भएको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
Prachanda-Baburam.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । 

आज राजधानीमा डा भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी जसपा, नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो । 

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’ 

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए । 

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उद्धेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ