arrow

नेपालको प्रशिक्षण छाडेको तीन घण्टाभित्रै पुबुदुलाई क्यानाडाले बनायो प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
pubudu-dassanayake-coach-crickeet.jpg

काठमाडौं । नेपालबाट राजीनामा दिएको तीन घण्टा नबित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षणबाट राजीनामा दिएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानाडाले प्रशिक्षकमा नियुक्त गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफू व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुःखी भएको बताएका थिए । 

तर उनलाई पत्रकार सम्मेलन गरेको तीन घण्टा पनि नबित्दै क्यानाडाले मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनको दुःख नक्कली र बनावटी भएको स्पष्ट भएको छ । 

सेटिङ गरेरै पत्रकार सम्मेलन गरेको पनि स्पष्ट भएको छ । उनी दुई वर्षका लागि सम्झौता गरेर गत वर्ष मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर एक वर्ष पनि नबित्दै राजीनामा दिएका हुन् । 

उनको नेपालको दोस्रो इनिङ्स भने सुखद बन्न सकेको थिएन । यसअघिको पहिलो इनिङ्समा भने नेपाललाई निकै नै माथि पुर्याएका थिए । नेपालले उनकै मुख्य प्रशिक्षणमा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो भने डिभिजन वानसम्म पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ