-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ ।
कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको कुल लागत ४६ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
प्रतिमेगावाट लागत १९ करोड २१ लाख रुपैयाँ पर्ने अनुमान छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।