- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् ।
मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् ।
संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन ।
मेयर आचार्यलाई संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तहकोतर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्री स्तरीय) को यही १ साउनको निर्णय अनुसार बुधबार सदस्य तोकिएका हुन् ।
मेयर आचार्य मन्त्रालयको विषयगत समिति सदस्य बनेसंगै पोखरालाई सरकारले निकै महत्व दिएको र यससंगै पोखरा पर्यटकीय राजधानी छिट्टै घोषणा हुने विश्वास व्यक्त गरिएको छ ।