arrow

किन नेपाल आउँदै छन् अमेरिकी मन्त्री लू, यसो भन्छ दूतावास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
donald-lu-usa.jpg

काठमाडौं । आज साँझ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेपाल भ्रमण गरेको १२ दिनपछि अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउन लागेका हुन् ।

यस मानेमा अर्थपूर्ण तरिकाले लूको भ्रमणलाई हेरिए पनि नेपालस्थित अमेरिकी दूतावासले भने उनको भ्रमण नियमित भ्रमण भएको बताएको छ। दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने सहायक विदेशमन्त्री लूले व्यापारी, नागरिक समाज र सरकारी नेताहरूसँग भेटघाट गर्ने भएका छन् ।

दूतावासले विज्ञप्ति जारी गर्दै लूले नेपालमा रहेको अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई कर्पोरेट एक्सिलेन्सका लागि यूएस सेक्रेटरी अफ स्टेट अवार्डसमेत प्रदान गर्ने जनाएको छ।

अमेरिकी दूतावासले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, 'यस क्षेत्रको नियमित तय भएको भ्रमणको सिलसिलामा दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक सचिव डोनाल्ड लू आज दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् ।'

विज्ञप्तिमा अघि लेखिएको छ, 'काठमाडौंमा रहँदा सचिव लूले परम्परागत रूपमा सीमान्तकृत मानिसहरू र शोषणबाट बाँचेकाहरूलाई सशक्तिकरण गरेर नैतिक उत्पादनलाई प्रवर्द्धन गर्ने नेपालमा अमेरिकी निर्माण कम्पनी पूर्णालाई कर्पोरेट एक्सिलेन्सका लागि यूएस सेक्रेटरी अफ स्टेट अवार्ड (ACE) हस्तान्तरण गर्नेछन्। लूले व्यापार, नागरिक समाज र सरकारी नेताहरूसँग पनि भेट गर्नेछन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ