एजेन्सी । कोपा डेल रे फुटबलमा भिलानोभेन्सलाई हराउँदै बार्सिलोना अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा भिलानोभेन्सलाई ६–१ हराउँदै बार्सिलोना अन्तिम १६ पुगेको हो । यी दुईबीचको पहिलो लेग गोल रहित बराबरीमा टुंगिएको थियो । चौंथो मिनेटमा डानिएल अल्भेसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
सान्ड्रो रामिरेजले २१औं मिनेटमा अग्रता दोब्बर पारे । ३१औं मिनेटमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–१ मा पुग्यो । मुनिर एल हाड्डाडीले ५१औं मिनेटमा बार्सिलोनाका लागि एक गोल थपे । ६९औं मिनेटमा रामिरेजले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । ७६ औं मिनेटमा हाड्डाडीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ६–१ को फराकिलो अन्तरले विजयी भयो ।