arrow

सरकारले निर्वाचनको मिति घोषणा गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
baluwatar satta gathabandan-mcc.JPG
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्न सत्ता साझेदार दल सहमत भएका छन् । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मङ्सिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्न उनीहरू सहमत भएका हुन् । 

अब बस्ने मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने छ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी थिए ।

पाँच दलीय गठबन्धनको अर्को बैठक शुक्रबार बिहान बस्दैछ । 

निर्वाचन आयोगले समेत मङ्सिर ४ को समय उत्तम हुने भनी सरकारलाई सुझाव दिइसकेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ