arrow

अरिङ्गालको टोकाइबाट भलिवल खेलाडीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
death photo.jpg

रुकुम । रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो । 

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो । साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो ।

तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए । सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ । 

त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताए । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए ।

उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर सङ्कलकका रूपमा कार्यरत थिए ।

उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सीमाना खौलामा खटाएको थियो । त्यहीँबाट अरिङ्गाल झार्न सल्यान गएको बताइएको छ । सुनारको शव जिल्ला ल्याइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ