arrow

पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकियो, ठोस निर्णय भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
5-five-parties-meet-election.jpg

काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन।

कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल भएको बताए। उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए। ‘बैठक सकारात्मक भयो। विभिन्न मोडालिटीमा कुराकानी भयो। चाँडै सिट बाँडफाँडको टुङ्गो लाग्छ,’ उनले भने।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।



नयाँ