arrow

प्रभु बैङ्क र होटेल सिताशरणबीच आकर्षक छुट गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
prabhu-bank-hotel-sitasharan-mou.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेड र जनकपुर स्थित होटेल सिताशरण प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैङ्कका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटेलको तर्फबाट महाप्रबन्धक कमल सिंहद्वारा उदद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैङ्क र होटेलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैङ्कमा खाता खोली बैङ्किङ कारोबार गरिरहेका ग्राहकहरूले होटेल सिताशरण प्रालि द्वारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत होटेल सिताशरणमा सुविधा लिन चाहने प्रभु बैङ्कका ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटेल सिताशरण का उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने भन्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ