arrow

कैलालीका दुई स्थानमा शङ्कास्पद वस्तु फेला, टिपरमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
tipper-agjani.jpg

काठमाडौं । कैलालीका दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेका छन् । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्हान गरेको बन्दका दिन शङ्कास्पद वस्तु फेला परेको हो ।

गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको छ ।

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरू विरुद्ध जारी गरेको पक्राउ पुर्जी आदिविरुद्ध चार कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ