arrow

कास्कीमा एकीकृत समाजवादीको दाबी : संघमा एक, प्रदेशमा दुई सिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
nekapa-ekikrit-samajbadi.jpg

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टी कास्कीले प्रदेशसभाका लागि कम्तीमा दुई र प्रतिनिधिसभाका लागि एक सिटमा दावी गरेको छ । 

पार्टीका अध्यक्ष एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेशसभाका लागि कम्तीमा पनि दुई र प्रतिनिधि सभाका लागि एक सिट पाउनुपर्ने बताए । उनले कास्कीका तीन क्षेत्रमध्ये जुन दिएपनि आफूहरुका लागि मान्य हुने स्पष्ट पारे । 

समाजवादी प्रेस संगठन नेपाल गण्डकीको प्रथम प्रदेश भेलामा आचार्यले आफूहरुको मागमा गठवन्धनका अन्य दलहरु सहमत नभए कास्कीमा गठवन्धन हुन नसक्ने चेतावनी दिए ।

विगतमा अन्य पार्टीले आफूहरूलाई पाथी, भकारी र एकीकृत समाजवादी पार्टीलाई मानोको रुपमा तुलना गर्ने गरेको दुःखेसो गर्दै आचार्यले अब एकीकृत समाजवादी पार्टी पाथी भएको दावी गरे ।
उनले भने, “विगतमा जे भनिएपनि एस पार्टी पाथी भइसकेको छ । पाथीमा पनि पाइप फिट गरिसकिएको छ । अब जत्रो साइज अटाउँछ ।“

पोखरा महानगरको प्रसंग कोट्याउँदै मेयर आचार्यले पोखरामा फोहोर व्यवस्थापन निकै चुनौतिपूर्ण भएको बताए । पुस १६ मा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी भएकाले त्यसका लागि फोहोर व्यवस्थापन अपरिहार्य भएको भन्दै उनले महानगरको सबै ध्यान फोहोर व्यवस्थापनमै रहेको बताए ।

फोहोर व्यवस्थापनका लागि घनिभूतरुपमा छलफल भइरहेकाले केही दिनमै निष्कर्ष निस्कने उनले दावी गरे । आफू पोखरा महानगरको प्रमुखमा निर्वाचित भएको १०० दिन पुग्न लागेको र १०० दिनभित्र गरेका काम सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ