राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा नागरिकता विधेयकबारे पत्रको जानकारी गराइने
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
1.3k
Shares
काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालय सार्वजनिक गरेको छ ।