arrow

आईपीओ बाँडफाँट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
ipo-final.jpg

काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ । 

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र शेयर हात पार्नेछन् । 

बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ