arrow

भय डेंगीको

काठमाडौंमा डेंगी लहर: सहनै गाह्रो हुने गरी ज्यान दुख्याे भने अहिले डेंगी भएकाे चिकित्सककाे भनाइ

सिटामोल मात्र खान र नीलडाम-रक्तश्राव भए अस्पताल भर्ना हुन मन्त्रालयको आग्रह

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ भदौ १२ आइतबार
dengue-1.jpg

काठमाडौं । काठमाडौं उत्पत्यकामा संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण डेंगीले विकराल रुप लिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत डेंगी बढेको भन्दै बुलेटिनहरु जारी गरिरहेको र सक्रियता अपनाएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले उपत्यकामा डेंगीको प्रकोप बढेको बताएका छन् । उनले उत्पयकाका सबै जसो अस्तालहरुमा बिरामी भर्ना हुनेको संख्या बढेको बताए ।

हाम्राकुरासँग बोल्दै डा. ठाकुरले भनेका छन्, 'डेंगीका बिरामीहरु अहिले धेरै अस्पतालहरुमा छन्, भर्ना पनि छन्, क्लिनीकहरुमा पनि छन्,' सचेत रहनका लागि मन्त्रालयले साप्ताहिक बुलेटिनमार्फत आग्रह गरिरहेको उनले बताए ।

डेंगीका ९० प्रतिशत बिरामी आफै निको हुने डा. ठाकुरले बताए, 'कुनै कुनैलाई मात्रै अलिकति गम्भीर हुने, आईसीयुमा भर्ना गर्नु पर्ने हुन्छ । अन्यथा सिटामोल खाने, रेस्ट गर्ने । प्लेटेलेट्स र ज्वरोको मोनिटर चाहि गर्नुपर्छ ।'

यस्तै डेंगी हुनबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सावधानीका लागि मन्त्रालयले निरन्तर भनिरहेको उनले बताएका छन् ।

'मन्त्रालयबाट हामी अलर्ट छौं । यसको स्पेसिफिक ट्रिटमेन्ट केही हुँदैन । सपाेर्टिभ ट्रिटमेन्ट हो । ज्वरो कन्ट्रोल गर्ने हो । कसै कसैलाई प्लेटेलट्स धेरै कम भएमा, रक्तश्राव, रातोनीलोडाम भयो भने भर्ना अस्पताल भर्ना हुनुपर्छ । यसका लागि सबै जसो अस्पतालहरुमा व्यवस्था छ,' डा. ठाकुरले भनेका छन् ।

शरिर निकै नै दुख्ने भए पनि सिटामोल बाहेकका अन्य औषधि खान नहुने उनले बताएका छन् ।

'नदुख्ने औषधिले पनि प्लेटेलेट्सल घटाउँछ, प्लेटेलेट्स घट्यो भने ब्लिडिङ हुन्छ, झन गम्भीर हुन्छ । त्यसैले ब्रुफेन, फ्लेक्जोनहर खानु हुँदैन । सिटामोल मात्रै हो ।'

ज्वरो नथामिएको अवस्थामा र रक्तश्राव भएमा भने तुरुन्तै भर्ना हुनु पर्ने उनले बताए । 'ज्वरो यदि थामिएन अथवा रक्तश्राव कतैबाट भयो भने तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ । अरुबेला डाक्टरको सामान्य परामर्श लिएर मोनिटरिङमा बस्यो भने ठीक हुन्छ । ९० प्रतिशत भन्दा बढीलाई सामान्यरुपमा ठीक हुन्छ ।'

डेंगी फैलिनबाट रोक्न घरवर पानी जम्ने र लामखुट्टेका लागि अनुकुल हुने पानी जन्य फोहर सफा गर्ने, पानी जम्ने खाल्डाखुल्डीहरु हटाउने जस्ता काम गर्नु पर्ने डा. ठाकुरले बताए । 'लामखुट्टे घटाउने अभियान जारी नै छ झन गति दिनुपर्ने हुनसक्छ,' उनले अघि भने ।

 काठमाडौंमा डेंगीको प्रकोप: अस्पताल भरिभराउ, बिरामीमा दुखाइको लहर

उपत्यकाका विभिन्न अस्पतालहरुमा डेंगीका बिरामी भर्ना हुने दर उच्च बनेको छ । उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा सबै भन्दा बढी डेंगीका बिरामी भर्ना भएका छन् । यीबाहेक उपत्यकाका अन्य अस्पतालमा डेंगीका बिरामीहरु बढेका छन् । 

कालो, सेतो छिरबिरे रंगको हुने एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेपछि हुने तीव्र भाइरल संक्रमण हो डेंगी । खासगरी यी लामखुट्टे बिहान र साँझको समयमा बढी सक्रिय रहने गरेका छन् ।

धेरै जसो मानिसमा डेंगीको कुनै लक्षण नदेखिने  सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । तर डेंगीका केही बिरामीहरुमा गम्भीर टाउको दुखाइ, आँखा पछाडि दुख्ने, मांसपेशी वा जोर्नी खुख्ने, वाकवाकी, वान्ता, ग्रन्थि सुन्निने लगायतका लक्षणहरु देखिने गर्छन् ।

गम्भीर रुपमा पेट दुख्ने, श्वासप्रश्वास तीव्र हुने, गिजा वा नाकबाट रगत बग्ने, थकान, बेचैनी, बान्ता वा दिसामा रगत देखिने जस्ता गम्भीर लक्षणहरुसमेत देखिनसक्ने डा. बास्तोलाले बताएका छन् ।

यस्ता गम्भीर लक्षण देखिने व्यक्तिहरुलाई विशेषरुपमा चिकित्सकको निगरानीमा राखेर उपचार गर्नु पर्ने उनले बताए ।

अहिले गम्भीररुपमा हुने दुखाइ र ज्वरो डेंगीको मुख्य लक्षणका रुपमा टेकु अस्पतालका सरुवा रोग बिशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् । उच्च ज्वरो र गम्भीरुपमा ज्यान दुखुेको भए अहिलेको अवस्थामा त्यो डेंगी नै भएको हुनसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ ।

'म त यसलाई 'दुखाइको लहर' भन्छु, ज्वरो आएको छ र अत्यधिक सहनै गाह्रो हुने गरी ज्यान दुखेको छ भने अहिलेको अवस्थामा त्यो डेंगी हो,' डा. पुनले भने ।

 काठमाडौंमा डेंगीको प्रकोप: अस्पताल भरिभराउ, बिरामीमा दुखाइको लहर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ