राष्ट्रिय सभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकबारे पत्र वाचन
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
1k
Shares
काठमाडौं । नागरिकता विधेयक, २०७९ राष्ट्रिय सभा बैठकमा आज पेश भएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिको कार्यालयबाट आएको पत्र वाचन गरी फिर्ता आएको नागरिकता विधेयक पेश गरिएको हो ।
राष्ट्रपतिको पत्रमा विधेयकलाई गहनपूर्वक छलफल गर्नसमेत भनिएको छ ।
पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते पुनर्विचारका लागि फिर्ता पठाए पछि प्रतिनिधिसभाले पुनः बहुमतले पारित गरेको थियो ।
फिर्ता भएको विधेयकमा अनावश्यक सुझाव दिइएको भन्दै सत्ताधारी दलहरुले असन्तुष्ट जनाएका थिए ।