arrow

के मौका नपाएर मात्र मण्डले नभएको हो ? : प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Pradeep_gawali.jpg

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दी रोक्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभा बैठकमा उनले यस्तो माग गरेका हुन् । 

ज्ञवाली भने,' उहाँहरूले दिने स्कुलिङ यही हो कि विश्वविद्यालयका प्राध्यापकहरुलई कुट, तिमीहरूलाई केही भयो भने प्रहरीबाट प्रोटेक्सन दिन्छौँ । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौँ । कस्तो सन्देश दिन खोज्दैछौं हामी ? के मौका नपाएर मात्र मण्डले नभएको हो ?’

विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटेलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै भन्दै उनले आपत्ति जनाए।

उनले भने,' ‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी सङ्गठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो सङ्गठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुन्डाहरूले आक्रमण गर्दा उहाँहरू पनि पर्नु भएको होला भन्ने ठान्छु के अब उहाँहरूले त्यही अवतारमा आफ्नो विद्यार्थी सङ्गठनलाई लैजान खोज्नु भएको हो ?’

ज्ञवालीले शिक्षामन्त्री वा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ